भारतमा छाए राजेश हमाल ! अमिताभ र शाहरुखसँग तुलना

भारतमा छाए राजेश हमाल ! अमिताभ र शाहरुखसँग तुलना

नयाँदिल्ली– नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादीशीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ। साथै राजेश भारतमा समेत परिचित अभिनेता भएकाे पिन उल्लेख गरिएकाे छ।

हमाललाई भारतका महानायक अमिताभ बच्चन तथा बलिउड बादशाह शाहरुख खानसँग तुलना गर्दै आजतकले लेखेको छ, ‘राजेश एक यस्ता सुपरस्टार हुन्, जसलाई नेपालमा महानायकको उपमा दिइन्छ। ५५ वर्षको उमेरमा राजेशको चार्मिङ नेपालमा यस्तो छ कि, जस्तो भारतमा अमिताभ र शाहरुखको छ।’

परिवारको चाहना विपरित अभिनयमा लागेका राजेशले हासिल गरेको पहिचान केही वर्षको मेहनतको फल भएको समाचारमा उल्लेख छ। 

समाचारमा उल्लेख भएअनुसार राजेशले सन् १९८८ मा फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गरेका थिए। आफ्नो पहिलो फिल्मबाटै राजेशले दर्शकको मन जिते। त्यसपछि उनले फर्केर हेर्नु परेन। देउता, बसन्ती, हामी तीन भाई, गिरफ्तार, कर्मयोद्धा, शकुन्तलाजस्ता फिल्मबाट दर्शकमाथि छुट्टै छाप छोड्न सफल भए। 

समाचारमा राजेश पछिल्लो समय बहुचर्चित टिभी शो को बन्छ करोडपति होस्ट गरिरहेकोमा अमिताभसँग तुलना गर्दै लेखेको छ, ‘जसरी भारतमा अमिताभ बच्चन आम दर्शकका सुपरस्टार हुन, त्यसैगरी लोकप्रियता नेपालमा राजेश हमालको छ।’ 

आजतकमा समाचार प्रकाशित भएपछि युट्युबरले राजेशलाई पछ्याएका छन्। भारतका विभिन्न युट्युब च्यानलमा राजेशको कथा छ्याप्छ्याप्ती भेटिन्छ।  

sushil

Leave a Reply

Your email address will not be published. Required fields are marked *